ओसाका फ्रेन्च ओपनको दोस्रो चरणमा
एजेन्सी। जापानकी नाओमी ओसाकाले रोमानियाकी प्यट्रिसिया मारिया टिगलाई सोझो सेटमा हराउँदै फ्रोन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छन्। दोस्रो वरियाताकी ओसाकाले ६३औं वरियाताकी मारिया टिगलाई ६–४, ७–६ (७÷४) को सेटमा हराएकी हुन्। ओसाकाले अब रोमानियाकी अना बोगडानविरुद्ध खेल्नेछिन्। बोगडानले इटालीकी एलिजाबेट्टा सोसियारेट्टोलाई ६–१, ६–३ को सेटमा पराजित गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्