केभितोभा दोस्रो चरणमा, केरबेर बाहिरिन् एजेन्सी। पेत्रा केभितोभाले बेल्जियमकी ग्रिट मिनेनलाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन्। ११औं वरियाताप्राप्त चेक गणतन्त्रकी केभितोभाले ६–७(३–७), ७–६(७–५), ६–१ को सेटमा जितेकी हुन्। उनले अब एनिला भेस्निनाविरुद्ध खेल्नेछिन्। भेस्निनाले ओल्गा गोभोर्तसोभालाई हराएकी थिइन्। तीन पटककी ग्राण्डस्लाम विजेता एन्जेलिक केरबेर युक्रेनकी एनलेलिन कालिनिनासँग ६–२, ६–४ को सेटमा हारिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्