तेस्रो वरियाताकी साबलेन्काको सहज जित एजेन्सी। तेस्रो वरियाताप्राप्त बेलारुसकी एरिना साबलेन्काले क्रोएसिायाकी एना कोन्जुलाई ६–४, ६–३ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन्। उनले अब आफ्नै देशकी एलियासान्द्रा सासचोभिचविरुद्ध खेल्नेछिन्। बेलारुसकै भिक्टोरिया अजरेन्काले २००९ को विजेता स्भेतलाना कुज्नेत्सोभालाई ६–४, २–६, ६–३ ले हराइन्। गत वर्ष क्वार्टरफाइनल खेलेकी ड्यानिल कोलिनले चीनकी वाङ जियुलाई २–१ ले हराइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्