सिटीका मिडफिल्डर डी ब्रुयनाको नाक भाँचियो
एजेन्सी। च्याम्पियन्स लिगको फाइनलमा चेल्सीका रक्षक एन्टोनियो रुडिगरसँग ठोक्किदा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयनाको नाक भाँचिएका छ। नाकमा चोट लागेपछि डी ब्रुयनाले ६०औं मिनेटमा मैदान छाडेका थिए। डी ब्रुयना युरो २०२० का लागि बेल्जियमको टिममा पनि छन्। बेल्जियमले १२ जुनमा रुसविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ। फाइनलमा सिटी चेल्सीसँग १–० ले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्