डी ब्रुयनासँग रुडिगरले मागे माफी एजेन्सी। चेल्सीका रक्षक एन्टोनियो रुडिगरले सिटीका मिडफिल्डर केभिन डी ब्रुयनासँग माफी मागेका छन्। च्याम्पियन्स लिगको फाइनलमा रुडिगरसँग ठोक्किदा डी ब्रुयनाको नाकमा चोट लागेको थियो। युरो २०२० सुरु हुनुअघि लागेको चोटप्रति जर्मनीका रुडिगरले माफी माग्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। डी ब्रुयनाको बेल्जियमले १२ जुनमा रुसविरुद्ध र जर्मनीले १६ जुनमा फ्रान्सविरुद्धको खेलबाट युरो २०२० को सुरुआत गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्