प्रतियोगिताको फाइनलमा स्टार सिटीले वडा नम्बर–१ न्यू पशुपति फारवेष्ट क्लबलाई ७/५ को गोल अन्तरले पराजित गरेको हो ।
उपाधिसँगै स्टार सिटीले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा दोस्रो हुँदै न्यू पशुपति फारवेष्ट क्लबले नगद १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजयी खेलाडीहरुलाई धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेकी थिइन् ।
प्रतियोगितामा बेष्ट किपर र सर्वाधिक गोलकर्ताको उपाधि स्टार सिटीका सुशील पाण्डेय र कमल देउवाले प्राप्त गरेका छन् भने वेष्ट डिफेण्डरको उपाधि न्यू पशुपति फारवेष्ट क्लबका भीष्म भाटले प्राप्त गरे । उपाधिसँगै उनीहरूले जनही एक हजार नगद प्राप्त गरेका छन् ।
८ असोजमा शुरू भएको वडा स्तरीय प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरुबाट १८ टीमले सहभागिता जनाएका थिए ।
पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउण्डेसनको सहकार्यमा फुलसल प्रतियोगिताको आयोजना गरिएको थियो ।