साविक विजेता स्विएटेकको सुखद जन्मदिन, फ्रेन्च ओपनको दोस्रो चरणमा
एजेन्सी। साविक विजेता इगा स्विएटेकले २०औं जन्मदिन सुखद रुपमा मनाएकी छन्। पोल्यान्डकी स्विएटेकले गएराति स्लोभेनियाकी काजा जुवानलाई ६–०, ७–५ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाइन्। उनले अब स्विडेनकी रिबेका पिटर्सनविरुद्ध खेल्नेछिन्। पिटर्सनलले अमेरिकाकी शेल्बी रोजर्सलाई ६–७(३/७), ७—६(१०/८), ६–२ को सेटमा हराएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्