डी ब्रुयनाको शल्यक्रिया गर्नु नपर्ने, बेल्जियम टिममा सहभागी हुने तयारी एजेन्सी। म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयनाको शल्यक्रिया गर्नु नपर्ने भएको छ। च्याम्पियन्स लिगको फाइनलमा चेल्सीका रक्षक एन्टोनियो रुडिगरसँग ठोक्किदा नाक भाँचिएको थियो। शल्यक्रिया गर्नु नपर्ने भएपछि उनी अर्को साता बेल्जियमको टिममा सामेल हुने प्रशिक्षक रोबर्टो मार्टिनेजले बताए। तथापि २९ वर्षे डी ब्रुयना युरो २०२० को पहिलो खेलमा उपलब्ध हुनेमा शंका छ। बेल्जियमले पहिलो खेल १२ जुनमा रुसविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्