विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने काठमाडौं। आईसीसी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाइने भएको छ। सन् २०२४ देखि २०३१ सम्म एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिम सहभागी हुनेछन्। नयाँ निर्णयअनुसार सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धात्मक बनाउन भन्दै आईसीसीले विश्वकपमा १० टिमलाई मात्र सहभागि गराएको थियो। सन् २०२३ को विश्वकपमा भने १० टिमले मात्र खेल्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्