क्रोएसिया र आर्मेनिया बराबरीमा रोकिए
एजेन्सी। युरो–२०२० को तयारीमा रहेको क्रोएसिया गएराति घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आर्मेनियासँग १–१ को बराबरीमा रोकिएको छ। समूह ‘डी’ क्रोएसियाले इङ्ल्यान्ड, स्कटल्यान्ड र चेक गणतन्त्रविरुद्ध खेल्नेछ। विश्वकपको उपविजेता क्रोएसियाले इभान पेरिसिचको गोलबाट २४औं मिनेटमा अग्रता लियो। आर्मेनियाका वैकल्पिक खेलाडी वेबमायर एन्गोलोले बराबरी गोल फर्काए। गएराति नै नर्थ म्यासेडोनियाले पनि स्लोभेनियासँग १–१ को बराबरी खेल्यो।
प्रतिक्रिया दिनुहोस्