पाँचौं वरियाताकी स्भितोलिना दोस्रो चरणमा एजेन्सी। पाँचौं वरियाताकी एलिना स्भितोलिनाले युवा खेलाडी ओसियन बाबेललाई ६–२, ७–५ को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन्। स्भितोलिनाले अब अमेरिकाकी एन लीविरुद्ध खेल्नेछिन्। लीले रुसकी मार्गरिता गास्पार्यनलाई ६–०, ६–१ को सेटमा हराएकी थिइन्। अमेरिकाकी कोको गउफले सर्वियाकी एलेक्सान्द्रा क्रुनिकलाई ७–६(१३/११), ६–४ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्