भिटोभाले पनि फ्रेन्च ओपनबाट नाम फिर्ता लिइन्
एजेन्सी। चोटका कारण पेत्रा भिटोभाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छिन्। ११औं वरियाताकी भिटोभाको कुर्कुच्चामा चोट लागेको हो। दुई पटकको विम्बल्डन विजेता भिटोभाले २०१२ र २०२० मा फ्रेन्च ओपनको सेमिफाइनल खेलेकी थिइन्। उनले पहिलो चरणमा बेल्जियमकी ग्रीट मिन्नेनलाई ६–७(३/७), ७–६(७/५), ६–१ को सेटमा हराएकी थिइन्। फ्रेन्च ओपनबाट यसअघि दोस्रो वरियाताकी नाओमी ओसाकाले पनि नाम फिर्ता लिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्