बार्डी र प्लिसकोभा दोस्रो चरणमा
एजेन्सी। अस्ट्रेलियन ओपनको फाइनल खेलेकी जेनिफर बार्डीले अनास्तासिजा सेभास्तोभालाई ६–३, ६–३ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन्। नवौं वरियाताकी क्यारेलिना प्लिसकोभाले क्रोएसियाकी डोना भेकिकलाई ७–५, ७–४ को सेटमा हराइन्। १७औं वरियाताकी मारिया साकारीले क्याटरिना जाभास्कालाई ६–४, ६–१ ले हराइन्। एस्ट्रा शर्माले इरिना बारालाई ७–६(७÷५), ६–२ को सेटमा हराइन्।
प्रतिक्रिया दिनुहोस्