कुवेतमा खेल्न सजिलो छैन : नेपाली फुटबल प्रशिक्षक अल्मुताइरी
काठमाडौं। नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेतमा खेल्न सहज नभएको बताएका छन्। विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध खेल्नुअघि अल्मुताइरीले भने, “मौसमका कारण कुवेतमा खेल्न दुवै टिमका लागि सहज हुनेछैन।” नेपालले बिहीबार साँझ ९ः४५ बजे जाबेर अल-हमाद रंगशालामा खेल्नेछ। पहिलो खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराएको थियो। नेपाल तीन अंकका साथ समूह ‘बी’को चौथो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्