छैटौं वरीयाताका जेरेभ तेस्रो चरणमा
एजेन्सी। जर्मनीका एलेक्जेन्डर जेरेभले रुसका रोमन सफिउल्लाहलाई ७-६ (७/४), ६-३, ७-६ (७/१) को सेटमा हराउँदै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएका छन्। छैटौं वरीयाताका २४ वर्षे जेरेभले अब सर्बियाका लास्लो जेरसँग प्रतिस्पर्धा गर्नेछन्। जेरले आफ्नै देशका मियोमिर केकमानोभिकलाई ४-६, ४-६, ६-३, ६-२, ६-३ को सेटमा हराएका थिए।
प्रतिक्रिया दिनुहोस्