बाउटिस्टा अगुट दोस्रो चरणबाटै बाहिरिए
एजेन्सी। स्पेनका रोबर्टो बाउटिस्टा अगुट आश्चर्यजनक रुपमा हेनरी लाकसोननसँग पराजित हुदै फ्रेन्च ओपनको दोस्रो चरणबाटै बाहिरिएका छन्। ११औं वरियाताका अगुट स्विट्जरल्यान्डका लाकसोननसँग ३-६, ६-२, ३-६ र २-६ को सेटमा पराजित भएका हुन्। १५औं वरियाताप्राप्त नर्वेका कास्पर रुडले पोल्यान्डका कामिल माचजाकलाई ६-३, ६-२ र ६-४ को सेटमा पराजित गर्दै तेस्रो चरणमा स्थान बनाए।
प्रतिक्रिया दिनुहोस्