वेल्समाथि फ्रान्सको सहज जित एजेन्सी। विश्व विजेता फ्रान्सले गएराती मैत्रीपूर्ण खेलमा वेल्सलाई ३-० ले हराएको छ। युरो-२०२० को तयारीमा रहेको फ्रान्सका लागि काइलियन एमबाप्पे, एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले गोल गरे। नेको विलियम्सले २६औं मिनेटमा रातो कार्डको सामना गरेपछि वेल्स १० खेलाडीमा सिमित बनेको थियो। लत्तगै पाएको पेनाल्टी अवसरमा फ्रान्सका करिम बेन्जेमा गोल गर्न चुके। फ्रान्सले अब बुल्गेरियाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्