एलेक्जेन्डर–आर्नोल्डको अवस्था राम्रो छैन : प्रशिक्षक साउथगेट एजेन्सी। इङ्ल्यान्डका मुख्य प्रशिक्षक गारेथ साउथगेटले रक्षक एलेक्जेन्डर–आर्नोल्डको अवस्था राम्रो नभएको बताएका छन्। युरो–२०२०का लागि एलेक्जेन्डर–आर्नोल्डसहित चार ‘राईट ब्याक’ लाई टिममा राखेपछि साउथगेटको आलोचना भएको थियो। तर चोटका कारण एलेक्जेन्डर–आर्नोल्ड खेल्ने अनिश्चित भएको छ। प्रशिक्षक साउथगेट भन्छन्, ‘‘अवस्था राम्रो छैन। उनी राम्रोसँग हिँड्न पनि सकेका छैनन्। ४८ घण्टासम्म हामी अझै विस्तृतमा निरीक्षण गर्नेछौं।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्