बक्सिङ खेलाडी हरिबहादुरको कोभिड-१९ बाट निधन काठमाडौं। पदक विजेता बक्सिङ खेलाडी हरिबहादुर केसीको कोभिड-१९ का कारण बिहीबार निधन भएको छ। केसीले १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा रजत तथा भारतको मद्रासमा सम्पन्न सातौं साफमा काश्य पदक जितेका थिए। खेलाडी करियरबाट विदा भएपछि केसीले प्रशिक्षण र निर्णायकको भूमिकामा थिए। उनको असामयिक निधनले सिंगो नेपाली बक्सिङलाई अपुरणीय क्षति पुगेको संघका महासचिव सविन भट्टाचार्यले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्