चौथो वरियाताकी केनिन फ्रेन्च ओपनको तेस्रो चरणमा
एजेन्सी। चौथो वरियाताप्राप्त सोफिया केनिनले अमेरिकाकी हेली बाप्टिस्टलाई ७–५, ६–३ को सेटमा हराउँदै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएकी छिन्। गत वर्षको उपविजेता अमेरिकाकी केनिनले अब आफ्नै देशकी जेसिका पेगुलाविरुद्ध खेल्नेछिन्। २८औं वरियाताकी पेगुलाले चेक गणतन्त्रकी टेरेजा मार्टिनकोभालाई ६–३, ६–३ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन्।
प्रतिक्रिया दिनुहोस्