डेब्यु खेलमा न्युजिल्यान्डका कोनवेको दोहोरो शतक
एजेन्सी। न्युजिल्यान्डका ओपनर डेभोन कोनवेले टेष्टको डेब्यु खेलमा दोहोरो शतक बनाएका छन्। इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा कोनवेले २०० रन बनाएका हुन्। यससँगै उनी टेस्ट डेब्यूमा सातौं उच्च स्कोर गर्ने खेलाडी बनेका छन्। उनी २०० रन बनाएपछि रनआउट भएका थिए। दोहोरो शतक बनाउने क्रममा कोनवेले ३४७ बलमा २२ चौका र एक छक्का प्रहार गरेका थिए।
प्रतिक्रिया दिनुहोस्