फेडेररको संघर्षपूर्ण जित
एजेन्सी। स्विट्जरल्यान्डका रोजर फेडेररले क्रोएसियाका मारिन किलिचलाई ६–२, २–६, ७–६(७–४), ६–२ को संघर्षपूर्ण सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम ३२ मा स्थान बनाएका छन्। आठौं वरियाताप्राप्त ३९ वर्षे फेडेररले अब जर्मनीका डोमिनिक कोइफरविरुद्ध खेल्नेछन्। कोइफरले अमेरिकाका टेलर फ्रीट्जलाई ६–३, ६–२, ३–६, ६–४ को सेटमा हराएका थिए।
प्रतिक्रिया दिनुहोस्