विश्व नम्बर एक जोकोभिचको सहज जित
एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले उरुग्वेका पाब्लो क्युवासलाई ६–३, ६–२, ६–४ को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएका छन्। १८ पटकका ग्राण्डस्लाम विजेजा सर्वियाँका ३४ वर्षे जोकोभिचले अब लिथुनियाका रिकार्डस बेरानकिसविरुद्ध खेल्नेछन्। बेरानकिसले अस्ट्रेलियाका जेम्स डकवर्थलाई ७–५, २–६, ७–६(७÷४), ६–० को सेटमा हराएका थिए।
प्रतिक्रिया दिनुहोस्