कुवेतविरुद्ध अस्ट्रेलियाको सहज जित एजेन्सी। कतार विश्वकपको एसियाली छनोटमा नेपालसम्मिलित समूह ‘बी’मा रहेको अस्ट्रेलियाले गएराति कुवेतलाई ३–० ले पराजित गरेको छ। अस्ट्रेलियाको जितमा म्याथ्यु लेकीई, ज्याक्सन इर्भिन, एजडिन रुसटिकले गोल गरे। जितसँगै पाँच खेलबाट १५ अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ। नेपाल, चाइनिज ताईपेई र जोर्डनविरुद्ध खेल्न बाँकी छ। ६ खेलबाट १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्