भारत कतारसँग १–० ले पराजित एजेन्सी। दश खेलाडीमा सीमित बनेको भारत विश्वकप छनोट प्रतियोगितामा गएराति कतारसँग १–० ले पराजित भएको छ। राहुल भेकेले १७औं मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि भारत बाँकी समय दश खेलाडीमा सीमित बनेको थियो। ३३औं मिनेटमा अब्दुलाजिज हातेमले गरेको गोल कतारको जितमा निर्णायक बन्यो। दोस्रो चरणको छनोटमा समूह ‘ई’मा कतार १९ अंकका साथ शीर्ष स्थानमा छ। भारत चौथो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्