पेरुविरुद्ध कोलम्बियाको सहज जित
एजेन्सी। फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले आज बिहान पेरुलाई ३–० ले हराएको छ। कोलम्बियाको जितमा एरी मिना ४०, म्याटियस उरिबे ४९ र लुइस डियाजले ५५औं मिनेटमा गोल गरे। ४५औं मिनेटमा मिगुएल ट्राउकोले दोस्रो पहेंलो कार्डको सामना गरेपछि पेरु दश खेलाडीमा सीमित बनेको थियो। ड्यानिएल मुनोले ५९औं मिनेटमा रातो कार्डको सामना गरेपछि कोलम्बिया पनि १० खेलाडीमा समेटिएको थियो।
प्रतिक्रिया दिनुहोस्