फ्रेन्च ओपन : तेस्रो वरीयताकी साबलेन्का पनि बाहिरिन् एजेन्सी। तेस्रो वरीयताप्राप्त आर्यना साबलेन्का फ्रेन्च ओपनको तेस्रो चरणबाट बाहिरिएकी छिन्। बेलारुसकी २३ वर्षीया साबलेन्का रुसकी एनास्टासिया पाभल्युचेन्कोभासँग ४-६, ६-२, ६-० को सेटमा पराजित भएकी हुन्। पाभल्युचेन्कोभा ग्रान्डस्लामको चौथो चरणमा पुगेको यो पहिलोपटक हो। यसअघि शीर्ष वरीयाताकी एश्लेग बार्टीले चोटका कारण र दोस्रो वरीयताकी नाओमी ओसाकाले मानसिक स्वास्थ्यका कारण फ्रेन्च ओपन छाडेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्