दोस्रो वरियाताका मेदभेदेभ फ्रेन्च ओपनको प्रि-क्वार्टरफाइनलमा
एजेन्सी। दोस्रो वरियाताका ड्यानियल मेदभेदेभले अमेरिकाका रिले ओपेल्कालाई ६-४, ६-२, ६-४ को सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएका छन्। रुसका मेदभेदेभले अब २२औं वरियाताप्राप्त चिलीका क्रिष्टेन गारिनविरुद्ध खेल्नेछन्। गारिनले अमेरिकाका मार्कोस गिरोनलाई ६-१, ५-७, ६-२, ६-२ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।
प्रतिक्रिया दिनुहोस्