जर्मनीले रंगशालामा २० प्रतिशत दर्शकलाई प्रवेश गराउने
एजेन्सी। म्युनिखको एलिनाज एरिनामा युरोपियन च्याम्पियनसिपको खेल हुँदा २० प्रतिशत दर्शकलाई मात्र प्रवेश गर्न दिइने भएको छ। स्थानीय सरकारले शुक्रबार ७५ हजार दर्शक क्षमता भएको रंगशालामा १४ हजार दर्शकलाई मात्र प्रवेश गराउने जनाएको छ। जर्मनीका अधिकारीहरुले सुरुमा दर्शकलाई प्रवेश दिने विषय निश्चित गर्न नसकिने बताएको थिए। जर्मनीले समूह चरणका फ्रान्स, पोर्चुगल र हंगेरीविरुद्धका तीनै खेल घरेलु मैदानमा खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्