जिम्बावेसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौं : रिचमण्ड मुटुम्बानी र राएन बुर्ले उत्कृष्ट ब्याटिङ गर्दै छैटौँ विकेटका लागि अर्धशतकिय साझेदारी गरेपछि नेपालले जिम्बावे विरुद्धको खेलमा हार बेहोरेको छ।

सिंगापुरमा आज देखि शुरु भएको ट्राई नेशन टी-२० सिरिजको पहिलो खेलमा जिम्बावेले नेपाललाई ५ विकेटले पराजित गरेको हो।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बावेले ६४ रनमै ५ विकेट गुमाएको थियो। तर मुटुम्बानी र बुर्ले उत्कृष्ट साझेदारी गरेपछि जिम्बावेले जित हात पारेको हाे।

यी दुईले छैटौँ विकेटका लागि ६९ रनको साझेदारी गरे। बुर्ले ३६ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा नटआउट ४१ रन बनाए भने मुटुम्बानीले २८ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतमा नटआउट ४० रन जोडे।

यस्तै ब्राएन चरीले १९ र टिमचेन मारुमाले १२ रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। सन्दीपले जिम्बावेका तीन खेलाडीलाई शुन्यमा आउट गरेका थिए।

उत्कृष्ट ब्याटिङ गरेपनि उपकप्तान दिपेन्द्र ऐरी बलिङमा महाँगा सवित भए। उनले २ ओभरमा २३ रन खर्चे।

सिंगापुरस्थित इन्डियन एसोसिएसन ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेका नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३२ रन बनाएको हो।

उपकप्तान दिपेन्द्र सिंह ऐरीकाे धैयर्तापूर्वक र सोमपाल कामीको आक्रामक ब्याटिङपछि नेपालले जिम्बावेविरुद्ध मध्यम स्काेर तयार पारेको थियो।

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। उनले ३३ बल खेल्दै ५ चौका प्रहार गरे।

सोमपाल कामीले नटआउट २५ रन जोडे। सोमपालले १४ बल खेल्दै तीन छक्का प्रहार गरे।

राष्ट्रिय टिममा परेका दुई नयाँ खेलाडी इशान पाण्डे र कुशल मल्ले पहिलो खेलमै डेब्यु गरेपनि सुखद शुरुवात गर्न सकेनन्। दुवैले दोहोरो अंकमा रन छुन सकेनन्।

कप्तान पारस खड्काले २२ बलमा १८ र सन्दिप जोराले १५ बलमा १७ रन जोडे।

कप्तान पारससँगै ओपनिङ गरेका इशानले ८ बल खेल्दै ४ रन बनाए। उनले शुरुमै एक चौका प्रहार गरेका थिए।

कुशल २ रन बनाएर आउट भए। यस्तै आरिफ शेख ८ रन बनाएर आउट भए।

विनोद भण्डारीले १२ बल खेल्दै एक चौकाको मद्दतमा नटआउट ११ रन बनाए।

सातौँ विकेटका लागि विनोद र सोमपालले ३७ रनको साझेदारी गरे। जिम्बावेका कप्तान सिन विलियमले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्