हसनले बनाइन् १० हजार मिटर दौडमा विश्व कीर्तिमान एजेन्सी। नेदरल्यान्ड्सकी सिफन हसनले महिला १० हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएकी छन्। हसनले आफ्नै देशमा जारी वल्र्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा २९ मिनेट ६.८२ सेकेण्डमा दुरी पार गर्दै विश्व कीर्तिमान बनाएकी हुन्। यसअघि उक्त कीर्तिमान इथोपियाकी अल्माज आयनाको नाममा थियो। आयनाले २०१६ को रियो ओलल्पिकमा २९ मिनेट १७.४५ सेकेण्डमा दुरी पार गर्दै कीतिमान बनाएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्