अन्तिम १६ मा पुगेका फेडेररले फ्रेन्च ओपन छाडे
एजेन्सी। पूर्व विश्व नम्बर एक रोजर फेडेररले फ्रेन्च ओपन छाडेका छन्। स्विट्जरल्यान्डका फेडेररले हिजोमात्र प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएका थिए। ‘‘मेरो टिमसँगको छलफलपछि आज फ्रेन्च ओपनबाट बिदा हुने निर्णय लिएको छु। दुई वटा घुँडाको शल्यक्रियापछि पुनस्र्थापनाका लागि एकवर्ष लाग्यो। मैले मेरो शरीरको संकेत बुझ्नुपर्छ। त्यसकारण मैले जबरजस्ती गर्नु हुँदैन,’’ २० पटकका ग्राण्डस्लाम विजेता फेडेररले भनेका छन्।
प्रतिक्रिया दिनुहोस्