स्पेनका कप्तान बुस्क्वेट्सलाई कोरोना संक्रमण
एजेन्सी। युरोकप सुरु हुन केही दिन बाँकी हुँदा स्पेनको कप्तान सर्जिओ बुस्क्वेट्स कोरोना संक्रमित भएका छन्। कप्तानलाई कोरोना देखिएपछि मंगलबारका लागि तय भएको लिथुवानियाविरुद्धको खेलमा सिनियर खेलाडी नहुने भएका छन्। टिमका अन्य खेलाडीको रिपोर्ट भने नेगेटिभ आएको छ । युरोकपका समूह ई मा रहेको स्पेनले पहिलो खेलमा जुन १४ मा स्वीडेनसँग प्रतिस्पर्धा गर्ने छ।
प्रतिक्रिया दिनुहोस्