जर्मनीलाई यु–२१ युरोपियन च्याम्पियनसिपको उपाधि एजेन्सी। म्यानचेस्टर सिटीका लुकास एनमेचाको गोलमा जर्मनीले गएराति पोचुर्गललाई १–० ले हराउँदै यु–२१ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ। २०२०÷२१ को सिजन एन्डरलेचटमा बिताएका एनमेचाले ४९औं मिनेटमा गरेको गोल जर्मनीको जितमा निर्णायक बन्यो। यससँगै पोर्चुगलले खेलेका सबै तीन फाइनल खेल हारेको छ। एनमेचा जर्मनीबाट खेल्नुअघि इङ्ल्यान्डबाट खेलेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्