बेल्जियमले क्रोएसियालाई हरायो एजेन्सी। इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुको गोलमा बेल्जियमले गएराति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा क्रोएसियालाई १–० ले पराजित गरेको छ। युरो–२०२० को तयारीमा रहेको बेल्जियमका लागि लुकाकुले ३८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। बेल्जियमले १२ जुनमा रुसविरुद्धको खेलबाट युरो–२०२० को सुरुआत गर्नेछ। विश्व नम्बर एक बेल्यिमले समूह ‘बी’ मा १७ जुनमा डेनमार्क र २१ जुनमा फिनल्यान्डविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्