इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको पहिलो टेष्ट बराबर एजेन्सी।वर्षाले प्रभावित बनेको इङ्ल्यान्ड र न्युजिल्यान्डबीचको पहिलो टेष्ट बराबरीमा सकिएको छ। वर्षाले लर्ड्समा सम्पन्न टेष्टको तेस्रो दिन खेल सम्भव भएन। अन्तिम दिन २७३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले तीन विकेट गुमाएर १७० रन बनाएपछि टेष्ट बराबरीमा सकिएको हो।इङ्ल्यान्डले पहिलो इनिङमा २७५ रन बनाएको थियो। न्युजिल्यान्डले पहिलो इनिङमा ३७८ रन तथा १६९/६ को स्थितिमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्