सिटसिपसले सेमिफाइनल प्रवेशका लागि मेदभेदेभविरुद्ध खेल्ने
एजेन्सी। पाँचौं वरियाताप्राप्त स्टेफानोस सिटसिपसले गएराति स्पेनका पाब्लो कारेनो बुस्टालाई ३–० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। ग्रिसका सिटसिपसले १२औं वरियाताका कारेनो बुस्टालाई ६–३, ६–२, ७–५ ले हराएका हुन्। २२ वर्षे सिटसिपसले सेमिफाइनल प्रवेशका लागि दोस्रो वरियाताका ड्यानिल मेदभेदेभविरुद्ध खेल्नेछन्। रोजर फेडेररले नाम फिर्ता लिएपछि इटालीका माट्टेयो बेरेट्टीनीले क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
प्रतिक्रिया दिनुहोस्