![](https://img.dekhapadhi.de/uploads/posts/1623085120.Nepal vs jordan.jpg)
नेपाल जोर्डनसँग पराजित
एजेन्सी। विश्वकप र एसियन कप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपाल ३–० ले पराजित भएको छ। जोर्डनको जितमा बाहा फैजलले दुई र याजन अबु अल–अरबले एक गोल गरे। यसअघि जोर्डनमै सम्पन्न खेलमा पनि नेपाल ३–० कै अन्तरमा पराजित भएको थियो। जितसँगै जोर्डन समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ। नेपालमा भने ६ अंकका साथ चौथो स्थानमा यथावत छ।
प्रतिक्रिया दिनुहोस्