१७ वर्षीया गाउफ फ्रेन्च ओपनको क्वार्टरफाइनलमा एजेन्सी। अमेरिकाकी १७ वर्षिया कोको गाउफले अन्स जाबेउरलाई २–० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्। गउफले ग्राण्डस्लाम टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। २४औं वरियाताकी गउफले ट्युनेसियाकी जाबेउरलाई ६–३, ६–१ को सेटमा हराएकी हुन्। गउफले अब सेमिफाइनल प्रवेशका लागि बारबोरा क्रेज्किकोभाविरुद्ध खेल्नेछिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्