एलेक्जेन्डर–आर्नोल्डको स्थानमा ह्वाइट एजेन्सी। ब्राइटनका रक्षक बेन ह्वाइटले युरो–२०२० को इङ्ल्यान्ड टिममा एलेक्जेन्डर–आर्नोल्डको स्थान लिने भएका छन्। २३ वर्षे ह्वाइटले गत शुक्रबार अस्ट्रियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डबाट डेब्यू गरेका थिए। लिभरपुलका रक्षक एलेक्जेन्डर–आर्नोल्डको तिघ्रामा चोट लागेपछि टिमबाट बाहिरिएका हुन्। आइतबारराति सम्पन्न रोमानियाविरुद्धको खेलमा पनि ह्वाइट पहिलो रोजाईमा परेका थिए। समूह ‘डी’ मा रहेको इङ्ल्यान्डले पहिलो खेल क्रोएसियाविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्