अन्योलकाबीच ब्राजिलले कोपा अमेरिका खेल्ने पक्का
एजेन्सी। कोरोना महामारीका बेला प्रतियोगिताभन्दा कोरोना रोकथाममा लाग्नुपर्ने भन्दै केही खेलाडीले विरोध गरेपछि अन्योलमा परेको कोपा अमेरिकामा ब्राजिलले सहभागिता जनाउने पक्का भएको छ। ब्राजिल फुटबल कन्फेडेरेसनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टिमले प्रतियोगितामा सहभागिता जनाउने पुष्टि गरेका हुन्। आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरोसहित अन्य देशका खेलाडीहरु कोपा आयोजनाको विरोधमा देखिएका छन्। लुइस स्वारेज,एडिन्सन काभानी,जुवान क्वाड्राडोलगायतका खेलाडीहरु कोपा रोक्नुपर्ने माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्