निर्वाचन आयोगमा महन्थ पक्षले किन बुझाएन पत्र? काठमाडौं।जसपाको महन्थ ठाकुर पक्षले थप कागजात बुझाउन निर्वाचन आयोगसमक्ष ७ दिनको समय मागेको छ। जसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाकाअनुसार सचिवालयका केही नेताहरू कोभिड संक्रमित भएकाले फाइल तयार गर्न सकिएको छैन। “हामीसँग हस्ताक्षर छँदैछ, सचिवालयका साथीहरु कोभिड संक्रमित भएकाले केही ढिलाइ भयो”, उनले भने, “निर्वाचन आयोगले दिएको म्यादमै हामी सबै कागजात बुझाइसक्छौं।” उनले ढिलाइ हुने अरु कारण नरहेको दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्