युरोकपअघि फ्रान्सद्वारा बुल्गेरिया पराजित
एजेन्सी। युरोकपको तयारीमा रहेको फ्रान्सले अन्तिम मैत्रीपूर्ण खेलमा बुल्गेरियालाई ३–० ले हराएको छ। फ्रान्सका लागि २९ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै अग्रता दिलाएका थिए। ओलिभर जिरउडले ८३ र ९० औं मिनेटमा गोल गरेपछि फ्रान्सले सहज जित निकाल्यो। समूह एफमा रहेको विश्व विजेता फ्रान्सले जुन १५ मा आफ्नो पहिलो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्