१० हजार मिटर दौडमा गिडीले बनाइन् कीर्तिमान एजेन्सी।सिफन हसनले महिला १० हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएको दुई दिन बित्न नपाउँदै इथियोपियाकी लेटसेनबेट गिडीले नयाँ कीर्तिमान कायम गरेकी छिन्। नेदरल्यान्ड्सकी हसनले आफ्नै देशको हेंगेलोमा सम्पन्न वल्र्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा २९ मिनेट ०६.८२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी थिइन्। त्यही ट्रयाकमा मंगलबार सम्पन्न इथोपियन ट्रेलमा गिडीले २९ मिनेट ०१.०३ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्