मेदभेदेभलाई हराउँदै सिटसिपस सेमिफाइनलमा
एजेन्सी। पाँचौं वरियाताका स्टेफानोस सिटसिपसले दोस्रो वरियाताका ड्यानिल मेदभेदेभलाई ३–० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम चारमा स्थान बनाएका छन्। ग्रिसका २२ वर्षे सिटसिपसले रुसका मेदभेदेभलाई ६–३, ७–६(७/३), ७–५ को सेटमा हराएका हुन्। ‘‘सेमिफाइनलमा पुग्दा खुशी त छु तर यतिमै सन्तुष्ट छैन’’, सिटसिपसले भने। सिटसिपसले अब फाइनल प्रवेशका लागि जर्मनीका एलेक्जेन्डर जेरेभविरुद्ध खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस्