रूसकी पाभ्लेउचेन्कोभा पहिलोपटक ग्राण्डस्लामको फाइनलमा एजेन्सी। रूसकी एनास्टासिया पाभ्लेउचेन्कोभाले स्लोभेनियाकी टमारा जिदानसेकलाई २–० को साझो सेटमा हराउँदै पहिलो पटक फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएकी छन्। ३१औं वरियाताकी पाभ्लेउचेन्कोभा यसअघि ग्राण्डस्लामको सेमिफाइनल पनि पुग्न सकेकी थिइनन्। २९ वर्षीया पाभ्लेउचेन्कोभाले २३ वर्षीया जिदानसेकलाई ७–५, ६–३ को सेटमा हराएकी हुन्। पाभ्लेउचेन्कोभाले अब उपाधिका लागि चेक गणतन्त्रकी बारबोरा क्रेज्किकोभाविरुद्ध खेल्नेछिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्