भारतद्धारा शिखर धवनको कप्तानीमा श्रीलंका भ्रमणका लागि २० सदस्सीय टिमको घोषणा एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिहीबार श्रीलंका भ्रमणका लागि २० सदस्यीय टिमको घोषणा गरेको छ। बीसीसीआईले शिखर धवनको कप्तानीमा भारतीय टिमको घोषणा गरेको हो। टोलीको उपकप्तान भुवनेश्वर कुमार र मुख्य प्रशिक्षक राहुल द्रविड रहेका छन् । श्रीलंका भ्रमणका दौरान भारतले घरेलु टिमसँग १३ जुलाईबाट तीन एकदिवसीय र २१ जुलाईबाट तीन ट्वान्टी–२० श्रृंखला खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्