रोहितलाई रातो कार्ड, नेपाल दुई शून्यले पछाडी काठमाडौं। रोहित चन्दले रातो कार्ड खाएपछि दश खेलाडीमा सीमित बनेको नेपाल विश्वकप र एसियन कप छनोटमा अष्ट्रेलियाविरुद्ध पहिलो हाफमा २–०ले पछि परेको छ। हेर्था बर्लिनका३० वर्षे विंगर म्याथ्यु लेकीले छैटौं मिनेटमा गरेको गोलबाट अष्ट्रेलियाले अग्रता लियो।फ्रान कारासिकले ३८औं मिनेटमा अग्रता दोब्बर बनाए। रोहितले पहिलो हाफको अन्तिम मिनेटमा रातो कार्डको सामना गरे। प्रतियोगिताको पहिलो खेलमा नेपाल ५–० ले पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्