नेपालको सम्मानजनक हार
काठमाडौं। रोहित चन्दले रातो कार्ड खाएपछि दश खेलाडीमा सीमित नेपालले विश्वकप र एसियन कप छनोटमा अष्ट्रेलियालाई ३–० को नतिजा सुम्पिएको छ। अष्ट्रेलियाका म्याथ्यु लेकीले ६, फ्रान कारासिकले ३८ र मार्टिन बोयलले ५७औं मिनेटमा गोल गरे। रोहितले पहिलो हाफको अन्तिम मिनेटमा रातो कार्डको सामना गरे। पहिलो खेलमा नेपाल ५–० ले पराजित भएको थियो। अष्ट्रेलिया सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्