पोर्चुगलका डिफेन्डर जोआ कान्सेलोले युरोकप गुमाउने एजेन्सी। कोरोना संक्रमण देखिएपछि पोर्चुगलका डिफेन्डर जोआ कान्सेलोले युरोकप फुटबल गुमाउने भएका छन्। पोर्चुगल फुटबलले आइतबार कान्सेलोलाई टिमबाट बाहिर राख्दै उनको स्थानमा टिममा डिएगो डालोटलाई बोलाएको जनाएको छ। कान्सेलोले युरोअघि इजरायलविरुद्ध खेलिएको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए। पोर्चुगलले मंगलबार हंगेरीविरुद्ध युरोकपको पहिलो खेल खेल्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्